एमाले दस्तावेजमाथि छलफल गर्न ६ हजार प्रतिनिधि १० समूहमा विभाजन

काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा पेश भएका तीनवटा दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । शनिबार बिहान ८ बजे सुरु हुने दोस्रो दिन ती दस्तावेजहरूमाथि समूहगत छलफल हुने छ ।

सो पार्टीको प्रथम विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एक समारोहबीच शुभारम्भ भएको हो । महाधिवेशनको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने त्यसक्रममा कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत पनि गाइएको थियो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका थिए ।

कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ कमिटीहरु गठन गरिएको छ ।

१।अध्यक्ष मण्डल

अध्यक्षः केपी शर्माओली

सदस्यहरुः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा

२. प्रस्ताव मस्यौदा कमिटी

भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, डा।राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी

३. सुझाव अध्ययन कमिटी

शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा।बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा। शिवमाया तुम्बाहाम्फे

४. बहस नोट कमिटी

मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापामगर

५. प्रचार समन्वय कमिटी

योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा ।