केशव पौडेलको ‘जवानीको औषधि’

युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउन सफल दोहोरी गीत ‘उही खोलीमा पानी’ का सर्जक केशव पौडेलको नयाँ सिर्जना ‘उही खोलीमा पानी –२’ भर्खरै बजारमा आएको छ।

केशव पौडेलको शब्द, खेम पुनको लय रहेको उक्त गीतमा बसन्त थापा र देवी घर्तीको स्वर सुन्न पाइन्छ। गीतमा याम थापा मगरको एरेन्ज रहेको छ ।

‘जवानीको औषधि’ नाम दिएर उही खोलीमा पानी–२ लाई सार्वजनिक गरिएको छ । बसन्त थापा र देवी घर्तीको स्वरमा रहेको गीतको भिडियो हालसालै सार्वजनिक गरिएको हो ।

दोलखा जिल्लाका मनोरम दृश्यहरु समेटेर छायांकन गरिएको जवानीको औषधिको भिडियो चित्र मास्की मगरको निर्देशनमा लोमश शर्मा र रबिना भण्डारीको जीवन्त अभिनयमा विवेक बिकले छायांकन गरेका हुन् भने भिडियोमा पदम सुवेदीको ग्राफिक्स एवं सम्पादन छ ।

पौडेलको सिर्जनामा यशअगाडि गुन्द्रुक मीठो,पुतली ,रामकसम चट्टै लगायतका गीतहरू ले नेपाली लोक सांगीतिक क्षेत्रमा राम्रो चर्चा र लोकप्रियता बटुल्न सफल भएका थिए ।