परदेशीको पिडा बोकेको ‘उतै जान पर्छ’

काठमाडौं । अझै परदेशको बाटो लागेकाहरु र तिनैका परिवारले सुन्दा सायद भक्कानो फुट्ने गरी रुवाउछ।

कंडेले भर्खरै मात्र यथार्थपरक अनी वास्तविक कथामा सिर्जीत यस्तै छ कहानी परदेशीको को भाग–४ को रुपमा ‘उतै जान पर्छ’ नामक लोकगीत बजारमा लिएर आएका छन् ।

बाग्लुङको बिहुँकोट करलिममा जन्मिएका कंडेल आफुपनी बिगत एक दशकदेखी बिदेशमै छन् ।

जापान जस्तो मुलुकमा रहेर पनी गीतलेखन मार्फत निरन्तर नेपाली गीतसंगीतमा ठूलो योगदान गरीरहेका कडेलले लाखौ नेपालीले दुईछाक पेट भर्नकै लागी आफ्नो देश छोडेर प्रदेशमा रगतलाई पसिना बनाएर बगाउनु परेको बाध्यता छ ,

यिनै कथाहरुलाई कलात्मक र कारुणिक शब्दमा उतार्न सिद्धहस्त गीतकार कंडेलले यसपटक परदेशबाट घरदेश आएको मान्छे फेरी परदेश नलागी नहुने बाध्यकारी परिस्थिति लाई निकै शुन्दर र कारुणिक तरीकाले प्रश्तुत गरेका छन् ।

कडेल ले गीत मा संवादको रुपमा यसकथाको पृष्ठभूमि यसरी लेखेका छन् ।

न परदेशमा फ्रिजको पानी ले मुलको पानी बिर्सायो न एसी को चिसोतातोहावाले गाउँवेशीको तिर्सना मेटायो । प्रदेश पसेको दिन देखीनै उता देखेका हरेककुराले मरो पनी देश कहिले यस्तै होला भन्ने चिन्ताले रुवायो त कहिले मलाई मेरैदेशले कहिले फर्कि भन्छ भन्ने अनुत्तरित प्रश्नले मन खायो ।

हामी जस्तोसाधारण मान्छेसंग सिँहदरबारको के नाता होस र बोलाओस तर आफुलाईजन्माएको घर, उभिएर हिड्न सिकाएको आगन अनी त्यहि आगनको डिलमा मेरोबाटो हेरेर बसेका बुढा बाआमा, म बन्नमा धेरै कुरा खर्चेको जन्मगाँउ, सामाज, पाखापखेरो यि सबैलाई देख्ने ब्यग्र चाहनाले धरदेश नफर्कि किन मान्थ्यो र मन ।

तर घरदेश त फर्किन मात्र के पाएको थिएँ फेरी कथा उहि थियो ब्यथा उहि थियो। चारै तिर हेरें न त आखाका सपना यतै पुरा हुनेअबस्था देखेँ न त मनका चाहना। अनी फेरी मनले भन्यो तँ मुटु गाँठो पारेरै भएनी उतै जान पर्छ ।

यिनै शब्दले गीतलाई झन परिभाषित गरेको छ। गीतमा अत्यन्त सुमधुर गायकीका धनी पछिल्लो समय हातैका पौजाले,सनिसारजस्ता बहुचर्चित गीतका गायकरसर्जक कुशल बेलवासे को मुटु हान्ने संगीत र आवाज रहेको छ भने श्रुतिसंवेग जस्तो देशकै लोकप्रिय रेडीयो कार्यक्रमका प्रस्तोता अच्युत घिमीरे बुलबुलको आवाजमा रहेको भुमीका वाचन ले झन गीतलाई सुमधुर बनाएको छ भने पछिल्लो समयका भिन्न र निकै सिर्जनात्मक कथा र भिडियो परिकल्पना दिन सक्ने निर्देशक बिनोद भण्डारी को निर्देशन मा बिनोद भन्डारी र जुना गुरुङ को उत्कृष्ट अभिनयले गीतलाई निकै न्याय दिएको छ ।

बिनोद बाजुराली को संगीत संयोजन, नवराज उप्रेति को छायांकन, प्रबिण भट्ट को भिडियो सम्पादन रहेको यस गीतलाई नारायण कंडेल को आफ्नै युटुव च्यानलबाट बजारमा ल्याएका छन् ।