भारतमा ८ हजार बढी ओमिक्रोनबाट संक्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित भएको पाइएको छ ।

पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकैदिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिहरुको कूल संख्या ४ बाट बढेर २१ पुगेको छ ।

यसैगरी २४ घण्टाको अवधिमा कोरोना संक्रमित २११ जनाले ज्यान गुमाएका छन् । आइतबार राजस्थानमा ९, महाराष्ट्रमा ७ र दिल्लीमा एक जना ओमिक्रोन संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।