नेपालले दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने

काठमाडौं । नेपालले २०२२ मा प्रथम दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९सीएभीए०को सोमबार बंगलादेशको ढाकामा बसेको साधारण सभाले नेपाललाई प्रथम दक्षिण एसियाली महिला भलिबल च्यामिपयनसिप आयोजनाको जिम्मेवारी दिएको हो ।

‘‘सीएभीएले हामीले प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजनाको जिम्मेवारी दिएको जानकारी गराउन पाउँदा हामी एकदमै खुसी महसुस गरेका छौं ।

प्रतियोगिता २०२२ मा हुने भनिए पनि निश्चित मिति भने तय गरिएको छैन । बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण भने माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको छ ।