‘स्पाइडरम्यान नो वे होम’ ले बक्स अफिसमा ४०५.५ मिलीयन डलर कमाउँदै रेर्कड तोड्यो

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यन नो वे होम’ ले सबैभन्दा धेरै कमाई गर्ने नयाँ कीर्तिमान कायम गरेको छ । फिल्म प्रर्दशनमा आएको केही दिनमा नै यो फिल्मले यूएस बक्स अफिसमा ४०५.५ मिलीयन डलर कमाई गरेर नयाँ कीर्तिमान कायम गरेको हो ।

द हलिउड रिपोर्टरका अनुसार यो फिल्म सोनीको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । यो फिल्मले सन् २०१७ मा आएको फिल्म ‘जुमान्जीः ओलकम टु द जंगल’ को रेकर्ड पनि तोडेको छ । ड्वेन जोन्सन–निक जोनासको ‘जुमान्जी वेलकम टु द जंगल’ सोनीको सबैभन्दा धेरै कमाउने फिल्म थियो, जसले ४०४।५ मिलियन डलर संकलन गरेको थियो ।

अब ‘स्पाइडर म्यान नो वे होम’ ले यसलाई उछिनेको छ । रिपोर्टका अनुसार स्पाइडरम्यानले पुरै विश्व भरिनै राम्रो कमाई गरिरहेको छ । यो फिल्मले अमेरिकी बक्स अफिसमा छिटै नै एक बिलियन युएस डलर कमाउने अन्दाज गरिएको छ ।

फिल्मले मानिसमा यति क्रेज बनाएको छ कि हलहरु लगातार हाउसफुल भइरहेका छन् । फिल्मको मल्टीवर्स कथाले दर्शकलाई आर्कषित गरेको पाइएको छ ।

यसमा स्पाइडरम्यानका बाँकी फिल्मका मुख्य कलाकार टोबे म्यागुइरे र एन्ड्रयु गारफिल्डको क्यामीयो रोेललाई पनि मानिसहरुले रुचाएका छन् । जेकल बटालोन ,बेनेडिक्ट कम्बरब्याच, अल्फ्रेड मोलिना जेनी फक्स र विलेम डाफो मुख्य भुमिकामा रहेका छन् । जोन वाट्सको निर्देशनमा रहेको यो फिल्मलाई सबैले मन पराएका छन् ।