मास्क नलगाए एक हजार जरिवाना

काठमाडौं । साउदी अरेबिया सरकारले मास्क नलगाउने मानिसलाई एक हजार रियाल रुपैयाँ जरिवाना गरिने बताएको छ ।

कोरोना संक्रमण बढेसँगै साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।

यदि नियम उल्लंघन गरे पहिलोपटक १ हजार रियाल जरिवाना तिर्नुपर्नेछ भने चेतावनी पनि दिइनेछ । फेरि पनि दोहोर्‍याए दोब्बर जरिवाना तिर्नुपर्ने जनाइएको छ । त्यसपछि पनि नियम नमाने १ लाख रियाल जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले आफ्नो ट्वीटर मार्फत मेडिकल वा कपडाको मास्क वा नाक मुख छोप्ने वस्तुको प्रयोग नगर्नु कोरोना भाइरसको रोकथाम र सावधानीविरुद्ध भएको जनाएको छ ।