आज तराईका धेरै स्थानमा बाक्लो हुस्सु लाग्ने र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाअनुसार हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु(भागहरुमा आँशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्ताे छ तीन आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १८ गते (आईतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ ।

राती : देशभर आंशिक बदलीको रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष १९ गते (सोमबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।

राती : देशभर आंशिक बदलीको रहने छ।

पौष २० गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।

राती : सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ।