नेपालमा २१६ जना कोरोनाको नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ एन्टिजेन परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु छ भने आज २०९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । विगतमा जस्तै ‘केस’हरू बढ्न नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न र परीक्षणको दायरा बढाउन र सीमानाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकलानुसार व्यवस्थापन गर्न पनि महाशाखाले आग्रह गरेको छ ।