सर्लाहीमा मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका ६ दशबिगाहाका अरुण सिंह, श्रगम बिक र रोहन सिंहको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकहरुलाई पोष्टमार्टमको लागि सदरमुकाम मलंगवा लगिएको छ ।