३५५ जनामा कोरोनाको नयाँ सङ्क्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७९४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, एक हजार ५३५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म पाँच हजार ९४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।