आज सेयर बजार ६३ अंकले बढ्यो

काठमाडौं । आज सेयर बजारमा व्यापक बृद्धि भएको छ । मंगलबार बजार परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।

मंगलबार धेरै सेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

मंगलबार धेरै घट्नेहरूमा डिबेञ्चरहरू देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् ।

दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यसअघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।