नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने कार्यमा रोक (पत्रसहित)

काठमाडौं । अनधिकृत रुपमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने कार्यमा रोक लगाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ । समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा।लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।