करातेमा नेपाललाई चार स्वर्ण

काठमाडौँ । बंगलादेशमा सम्पन्न बिजी कराते च्यामिपयनसिपमा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक जितेको छ । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा डिजेन डोल्मा लामा, पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले स्वर्ण पदक जितेका हुन् ।

डोल्माले कुमिते र कातामा गरि दुई स्वर्ण जिते भने पासाङले ७० केजी तौलको कातामा र ग्याल्मोले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण जितेको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपाली टोलीले दुई रजत र पाँच कांस्य पदक पनि जितेको छ । पासाङ तामाङले ७० केजी र राजदेव बमजनले ६५ केजी कुमितेतर्फ रजत पदक जिते । कांस्य पदक जित्नेमा रविन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी र उमंग बुढाथोकी १४ बर्ष मुनि उमेर समूहमा छन् ।