नारायणहिटीबाट बतासलाई उडाएरै छाड्छौं : मन्त्री आले

काठमाडौं । आज पत्रकारहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयबाट बतास समूहलाई हटाएरै छाड्ने बताएका छन् ।

मन्त्री आलेले संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताए । बतास समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको पनि बताए ।

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने अडान राखे । उनले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे ।

‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने ।

नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन भईुसकेको छ ।