मेस्सी कोरोनाको संक्रमणबाट मुक्त भए

काठमाडौं । फुटबलर लियोनल मेस्सी कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । संक्रमणबाट मुक्त भएसँगै उनी लिगमा भाग लिने भएका छन् ।

क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४(० को सहज जित निकालेको थियो ।

गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन् ।