एकैपटक २६ जना एसएसपीको सरुवा

SSP nepal police logo

काठमाडौं । एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।

नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको हो । गृहमन्त्री बालकृष्ण खाणले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गरेका हुन् ।

२६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन् ।

महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका बसन्तबहादुर कुँवरलाई दिइएको छ । हाल त्यहाँ रहेका चन्द्रकुवेर खापुङको अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।

प्रवक्ता कुँवरको ठाउँमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत बिष्णुकुमार केसीलाई तानिएको छ । यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी उमेशराज जोशीलाई दिइएको छ ।

यसअघि त्यहाँ रहेका जनक भट्टराईलाई संघीय प्रहरी प्रदेश कार्यालय भैरहवा पठाईएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत भिमप्रसाद ढकाललाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा गरिएको छ ।