‘सेक्स’ गर ‘फ्रि’ मा कोठा बस !

एजेन्सी । आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ ।

आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु ।

डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, ‘दक्षिणी डबलिनमा एउटा कोठा छ । एकल युवतीका लागि एउटा कोठा खाली छ । यसको भाडा तिर्नुपर्दैन । तर, थोरै रमाइलो गराउनुपर्ने हुन्छ । युवतीहरुले मात्रै सम्पर्क गर्नुहोस् ।’

यसैगरी, अर्को विज्ञापनमा लेखिएको छ, ‘सेन्ट्री डबलिनमा एउटा कोठा छ । शहर नजिकै । घरसँगै कार पार्किङ छ । भने बस स्टपको पनि सुविधा छ । छिटो गर्नुहोस् । तर, सुन्दर युवतीले मात्रै सम्पर्क गर्नुहोस् ।’

‘सेक्स फर रेन्ट’ मा युवतीमाथि शोषण

डबलिनको ‘रेप क्राइसिस सेन्टर’ की कार्यकारी निर्देशक नोएलिन ब्ल्याकवेलले यस्ता कोठाभाडाहरुको व्यवस्थाप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले यस्ता व्यवस्थाले डेरावालाहरुको अधिकार हनन् भएको बताउँछिन् । उनले डेरामा बस्नुको सट्टा यौनसम्पर्क गर्नुपर्ने अवस्थाले विकराल रुप लिइसकेको बताएकी छन् । उनी भन्छिन्, ‘यस्तो डेरामा बस्न आउने युवतीहरु तार्किक रुपमा यौनसम्पर्कलाई सही मान्न थाल्छन् तर यो मन्जुरीबिना बलात्कार गर्नुजस्तै हो ।

यस्तो अवस्थामा डेरा मालिकले आफ्नै नियम बनाएका हुन्छन् । र आफ्नो इच्छाअनुसार यौनसम्पर्क गर्न बाध्य पार्छन् । डेरावालहरु बस्ने ठाउँ पाएकोमा यौनसम्पर्क राख्न बाध्य हुन्छन् । उनीहरुमा कुनै पनि शक्ति हुँदैन त्यो नियमलाई इन्कार गर्ने ।’ नोएलिनले डेरा मालिकको इच्छाअनुसार डेलावालहरु हाजिर हुनुपर्ने भएकाले यौनशोषण हुनसक्ने सम्भावना भएको बताउँछिन् ।

आवासिय भाडा बोर्डले गत शुक्रबार प्रकाशित गरेको एउटा रिपोर्टका अनुसार सन् २०१७ पछि यस वर्ष सबैभन्दा बढेको छ । आइरल्याण्डमा औसत मासिक भाडा १ लाख १९ हजार रहेको छ । तर, हाल १ लाख ६३ हजार प्रतिमहिना रहेको छ ।

आइरल्याण्ड सरकारले यस्ता विज्ञापनहरुको निन्दा गरेको छ । आइरल्याण्डका आवास मन्त्री ड्यारेग ओ ब्रायनले भनेका छन्, ‘म कुनै पनि यस्ता घटनाहरुको घोर विरोध गर्छु । डेराको बदलामा यौनसम्बन्धको माग गर्नु राम्रो कुरा होइन । यस्ता विज्ञापन देखेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।’