जेठ १५ गते तोकियो एन्फाको निर्वाचन

 

ANFA LOGO

 

काठमाडौं । एन्फाको निर्वाचन हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा अर्को वर्ष जेठमा हुने भएको हो ।

 

 

 

एन्फाको १५औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले २०७९ जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको छ । यस्तै आगामी माघ २९ गते विशेष साधारण सभा गर्ने निर्णय भएको छ ।

 

 

 

त्यसका लागि आगामी माघ २० गतेभित्र जिल्ला तथा प्रदेश फुटबल संघलगायत सदस्य संघहरूको निर्वाचन तथा साधारण सभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाइ जारी गर्ने र माघ २९ गते एन्फा विशेष साधारण सभा ९एक्ट्राअर्डिनरी कंग्रेस० बोलाउने तय गरेको हो ।

 

 

 

साथै आगामी फागुन १५ देखि ३० गतेभित्र जिल्ला संघलगायत सदस्य संघहरूको निर्वाचन गर्ने रचैत्र १ देखि १० गतेभित्र प्रदेश संघको निर्वाचन गर्ने निर्णय भएको छ ।

 

 

 

यसैगरी विभिन्न प्रतियोगितामा विजेता वा उपविजेता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा एन्फा अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने जसको सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष रहने गरि १५ दिनभित्र पुरस्कारको मापदण्ड तयार गरी समितिको सिफारिस अनुसार पुरस्कार प्रदान गर्ने निर्णय पारित गरिएको छ ।

 

 

 

यही माघ १५ र १८ गते मरिसससँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू खेल्ने निर्णय पारित गभएको छ ।शहीद स्मारक ए, बी र सी डिभिजन लिगका क्लबहरूलाई तयारी स्वरुप दिइँदै आएको रकममा दुई लाख पचास हजार थप्ने निर्णय पारित भएको छ ।