आजबाट राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू गरेको छ ।

आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी गरिएको हो ।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ ।

यसैबिच निर्वाचन आयोगले हिजो उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गर्दै उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । दलहरुले चाहने अनुसारकै चुनाव चिन्ह पाएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।