कोरोनाको ग्राफ निकै माथि, आज मात्र १४ सय ४६ जना संक्रमित

काठमाडौं । देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।

यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।