नेप्सेको सीईओ बन्ने लाईनमा तीन जना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ ।

सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो ।

समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठलाई दोस्रो चरणमा छनोट गरेको स्रोतले जनाएको छ । समितिले सोमबार बिहानै तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ । सो मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सीईओ छनोट गर्नेछ ।