आज मात्रै ३ हजार ७५ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।

बुधबार देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यस्तै २७८ जना संक्रमणबाट मुक्त भएका छन्।

काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।