चुनावको मिति तत्काल घोषणा गर : आयोग

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनलाई पर धकेलेर संघीय निर्वाचन गर्ने चर्चा चलिरहेको अवस्थामा निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न जिकीर गरेको छ ।

०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भए पनि पहिलो चरण ०७४ वैशाख ३१ लाई आधार मानेर स्थानीय तह निर्वाचनको नयाँ मिति तय गरिनुपर्ने जिकीर आयोगको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ सम्म मात्रै हुने आयोगले बताएको छ ।

स्थानीय तहको कार्यकाल समाप्त हुनुअगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने आयोगले बताएको छ भने सत्तारूढ गठबन्धन र सरकार भने निर्वाचनको मिति तय गर्नुभन्दा पनि निर्वाचन ऐन २०७३ लाई संशोधन गर्ने तयारीमा जुटेका छन्।