इमोसनल ब्ल्याकमेलिङ गरेर ‘गो फण्ड’मा पैसा उठाइरहेका शाश्वत बम र दिया नेपालको उनका साथीले पोल खोलेपछि…

काठमाडौं । यतिबेला विभिन्न सामाजिक संजालहरुमा भाईरल भईरहेको विषय हो शाश्वत बम र दिया नेपाल । नेपालबाट जर्मनी गएर उतै बसिरहेका उनीहरूले बिरामी रहेको दियालाई बचाउनका लािग च्यारीटि प्लेटफार्म ‘गो–फण्ड’मार्फत लगभग नेपाली एक करोड रुपैयाँ संकलन गरिसक्दा उनीहरु विवादमा तानिएका छन् ।

बिरामी दिया नेपाल र उनका श्रीमान् शाश्वत बमको जोडी विशेषगरी टीकटकमा भाईरल भएपछि उनीहरुलाई सहयोग गर्नेहरुको संख्या बढिरहेको बेला मेलिना अधिकारी नाम गरेको व्यक्तिले टीकटक बनाउँदै उनीहरुले ठगीरहेको बताएपछि यो जोडी विवादमा तानिएको हो ।

मेलिना अधिकारीले पहिला दिया बिरामी भएको तर अहिले उनी स्वस्थ भएको, आफूहरू एकै ठाउँमा बस्ने अनि दियासँगै वाकमा जाने गरेको दाबी गरेकी थिइन् । उनले दियाको उपचारका लागि जर्मनीमा रहेका नेपालीहरूले २५ हजार उठाएर सहयोग गरेको तर उपचारका क्रममा उनीहरूको पैसा खर्च नभएको, सबै इन्स्योरेन्सले कभर गरेकोसम्म दाबी गरिन् । उनले अर्काको भावनामा खेलेर पैसा नउठाउन भन्दा जे गर्न सक्छस् गर भनेर भनेपछि टिकटक लाइभमा आउनु बाध्य भएको दाबी गरेकी छन् । उनले टीकटकमा भनेकी छन्, ‘मेरै साथी हो । हामीले हेल्प गरेर २०–२५ हजार डलर उठाएर सहयोग गरेको ।

विदेशमा बसेर त्यस्तो घटनामा एक पैसा खर्च नगरेको । घर आएको २ महिना भयो । उनी स्वस्थ छिन् । साढे तीन महिना अगाडिको आइसियुको भिडियो हालेर इमोशनल ब्ल्याकमेल गरिरहेका छन्, ।’ मेलिना थप्छिन्, ‘यहाँ उपचारका लागि एक पैसा पनि लागेन । इन्स्योरेन्सबाट कभर भयो । उनी घरमा बस्दा पनि इन्स्योरेन्सबाट पैसा आइरहेको छ । पहिलाको भिडियो राखेर पैसा उठाएका छन् । मेसेज गरेर चेतावनी दिँदा पनि उनले जे गर्छ गर भनेकाले टिकटक लाइभमा आएको हुँ । उनीहरूको सत्यता आम जनतालाई जानकारी दिन मात्र लाइभ गरेको हो त्यो ट्रिटमेन्टका लागि यहाँ पैसै लाग्दैन ।’

दिया नेपाल अस्पतालको बेडमा सुतिरहेको अनि उनलाई खुसी बनाउन शाश्वतले गीत गाउने अनि नाच्ने गरेको भिडियो शाश्वतले आफ्नो टिकटक अकाउन्टमा राखेर शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले । गो फन्डमा दियाको मस्तिष्कमा गम्भीर रूपमा क्षति पुगेको,उनको मस्तिष्कमा आन्तरिक रक्तस्राव भएको उल्लेख गरेका छन् । उपचार गराउनेक्रममा किड्नीमा समस्या देखिएको अनि किड्नी ट्रान्सप्लान्ट या हप्तामा तीन हप्तामा डाइलासिस गर्नुपर्ने र किड्नी ट्रान्सप्लान्टका लागि नेपाल जाने तयारी गरेको भन्दै उनले गो फन्डबाट सहयोग उठाउन थाले ।

उनको टिकटकको भिडियो अनुसार उनको श्रीमती अझैँ पनि अस्पतालको बेडमै भएको झैँ देखिन्छ । तर, मेलिना अधिकारीले टीकटकमा लाईभ आएर सवैकुरा बताएपछि उनीहरुको चौतर्फी आलोचना भयो र गो फण्डा संकलन भएको रकमहरुपनि घट्न थाल्यो । लगभग एक कारोड हाराहारीमा उठेको रकम यो रिपोर्ट तयार गर्दासम्म ८३ लाख नेपाली रुपैयाँमा झरिसकेको छ । अत्याधिक आलोचना भएपछि शाश्वत टिकटकमा आएर अस्पतालको बेडको मात्रै भिडियो हैन उनको श्रीमती ठिक हुँदै गरेको, आफैँ ब्रस गरेको लगायतका भिडियोहरू राखे। उनी टिकटकमा लाइभमा आएर श्रीमतीको नयाँ जीवनका लागि फन्ड उठाएको हो र उनको भविष्यका लागि फन्ड उठाएको भन्दै लाइभमा उनले भनेका छन्, ‘उनको लागी खाना, बस्न र भाडा तिर्न फन्ड उठाएको । हामी अहिलेसम्म यसरी अडिएको त्यो फन्ड उठेर हो । अब उनको लागि कता किड्नी भेटिएला भनेर फन्ड उठाएको हो ।’ पुरानो भिडियो राखेर इमोशनल बनाएर रकम उठाएको पोल खुलेपछि अहिले उनी पैसा दिन कसैलाई जवर्जस्ती नगरेको दाबी गर्दै कसैले चाहे आफूले गरेको सहयोग फिर्ता लिन भनिसकेका छन् ।

त्यस्तै ‘साईग्रेस पोखरेलको आवाजमा सुन्ने चिट्टी – एक सत्य कथा’ शीर्षक दिएर दिव्याका पति शास्वत बमले युट्युब लिंक पनि शेयर गरेका छन् तर, उक्त युट्युब लिंक यतिबेला खुल्दैन जुन प्राईभेट गरिएको छ । यदि घटना सत्य हो र समस्यामा परेरै च्यारीटिमार्फत आर्थिक संकलन गर्नुपर्ने भएपछि भएका विवरणहरुलाई किन लुकाईयो ? यसरी भिडियोलाई हटाईनु पनि उनीहरुको नियतमाथि शंका गर्ने अर्को पाटो हो । यससँगै अर्को पाटोबाट हेर्दा दिया वास्तवमै बिरामी भएकी प्रमाणित नै छ र उनीहरुलाई उपचारको लागि पैसा आवश्यक भएको देखिन्छ तर ईन्स्युरेन्सले त्यो कभरेज गरिदिएपछि उपचारका लागि नभएर शाश्वतले टीकटकमा भनेजस्तै खान वस्न र अन्य सामान्य दैनिक खर्चको लागि भने पैसा आवश्यक हुनसक्छ ।

यसरी च्यारीटि संकलनमा शास्वत बम सहित अन्य २ जना सदस्यहरु रहेको पाईएको छ । जेबी नाम गरेका व्यक्तिले ४४७ डलर संकलन गरेको देखिन्छ भने अर्का सदस्य कञ्चन फुँयालले २४० डलर संकलन गरेको देखिएको छ र शास्वतले ४२७८८ डलर संकलन गरेको देखिन्छ र यो रिपोर्ट तयार गर्दासम्म ६८३१६ अमेरिकी डलर संकलन भएको देखिन्छ ।

गो फण्डको प्लेटफर्ममा शास्वत बमले साईग्रेसले बाचन गरेको भनिएको भिडियो लिंक सवैभन्दा माथि शेयर गर्दै अंग्रेजीमा यसरी भावुक हुँदै लेखेका छन् । मैले यसलाई नेपालीमा अनुवाद गरेको छु ।

 

‘कृपया दिव्याका लागि लेखेको यो कथा सुनिदिनुहोला । हामी अझै पनि डोनर खोज्ने प्रक्रियामा संघर्ष गरिरहेका छौं । हरेक पल उनको अनुहारमा मुस्कान ल्याउन मैले यो यात्राको सुरुवातदेखि मेरो डायरीमा हरेक दिन लेखेको कथा तपाईँहरुसमक्ष पेश गरेको छु । यो डायरीले मलाई पागल हुनबाट बचायो । यस कथामा सबै सत्य र मेरो आफ्नै विचार हो । कसैको भावनामा चोट पुर्याउने उद्देश्यले होइन । केही समय मिल्छ भने सुनेर साथ दिनु होला । उनको जीवन बचाउने उद्देश्यअनसरुप सुरु गरेको यो सहयोग कोषको हामी लक्ष्यको ५० % पुग्न सक्षम छौं । किनकि यो मिर्गौला प्रत्यारोपण प्रक्रिया धेरै समय र धैर्य चाहिन्छ । कोभिड प्रतिबन्ध र नियमहरू परिवर्तन भएका कारण यात्रा चुनौतीपूर्ण भएको छ । यतिबेला उनी पहिलेको भन्दा राम्रो महसुस गरिरहेकी छिन् । त्यसैले म उनको साथमा २४ सै घण्टा छु । दिव्या बचाउने यस अभियानमा तपाईहरु सबैको सहभागीता उत्तिकै महत्वपूर्ण छ । अब म तपाईहरु सबैलाई यो “सुने चिट्टी“ को साथमा फन्डरेजर लिङ्क लाई तपाईका साथीहरू र परिवारमाझ पुर्याइदिनहुन आग्रह गर्दछु । किनकी पानीको प्रत्येक सानो थोपाले महासागर बन्छ । यो महासागर उसले नयाँ जीवन पाउने आशा अनि विश्वास हो । सुखी जीवन । एक नयाँ जीवन । यो लडाइ अझै सकिएको छैन । उनी एक्ली छैनन् ।’

यसरी शाश्वतले उनको श्रीमतिको उपचारको लागि भनेर च्यारीटिमार्फत रकम संकलन गरिरहेका छन् । र, उपचारमा रकम नलाग्ने सत्य वाहिरिएपछि उनी आफैले भिडियो बनाएर खान बस्न आर्थिक संकलन गरेको बताउँछन् । यसबाट पनि के प्रष्ट हुन्छ भने उनको भनाई र वास्तविकतामा भिन्नता छ र उनको नियतमा खोट छ ।

अन्त्यमा, वास्तवमै समस्यामा परेका, असाह्य, निमुखाहरुको लागि अत्यन्तै लाभदायक यस प्रकारको च्यारििट प्लेटफर्मको दुरुपयोग हुनु हँदैन । किनकी यस प्रकारको प्लेटफर्म मार्फत सच्चा हृदयले सहयोग गर्नेहरुको विश्वासमा घात हुनेछ र यस्ता च्यारीटि प्लेटफर्मको विश्वसनियतामाथि नै प्रश्नचिन्ह उठ्न थाल्नेछ । जसबाट वास्तविक पीडित सहयोगबाट बञ्चित भई दुर्घटना हुन सक्छ ।