सिटामोल अभाव अझै कायमै, सरकार गैरजिम्मेवार

काठमाडौं । देशभरका औषधी पसलहरुमा सटिामोलको अभाव कायमै छ । सरकारले उत्पादन वृृद्धि गरी सिटामोलको अवस्था सहज भएको दाबी गरेता पनि आम उपभोक्ताले सिटामोल पाउन सकेका छैनन् ।

देश तेस्रो लहरको कोरोनाले आक्रान्त पारिरहेका सिटामोलको हाहाकार फैलियो । अधिकाशं फार्मेसीमा सिटामोल अभाव हुन थाल्यो । उपभोक्ताले सिटामोल पाउन छाडे । सरकारी निकाय त्यतिबेला मात्रै देखियो जुनबेला बजारमा हाहाकार भईसकेको थियो ।

महामारी फैलिइरहेकै बेला देखिएको अभाव नियन्त्रणका लागि सरकारसगँ बारम्बार माग गरेपछि अस्पताल नजिकैका फार्मेसीमा सिटामोल देखिन थालेको छ । तर अस्पताल परिसरमा नभएका फार्मेसी र औषधी पसलमा भने सहज रुपमा सिटामोल पाइएको छैन ।

पछिल्लो समय सिटामोलको उत्पादन वृद्धि गरेको विभागको दाबी छ । तर उस्ले दाबी गरेजस्तो बजारमा सिटामोल भने पाईँदैन । मूल्य समायोजनका लागि कृत्रिम अभाव सिर्जना समेत भईरहेका समयमा सिटामोलको अभाव हुनु गैरजिम्मेवारपन हो ।