दक्षिण कोरिया फिफा विश्वकपमा छानियो

काठमडौं । सिरियालाई २–० ले हराउँदै दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली छनौटको तेस्रो चरणको खेलमा दक्षिण कोरियालाई विजयी गराउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे ।

दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली राष्ट्र बनेको छ । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ । यस जितसँगै समूह ‘ए’ मा रहेको दक्षिण कोरियाले ८ खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा पनि उक्लिएको छ ।

कोरियाको २१ अंक हुँदा इरान १९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समूह ‘ए’ बाट यसअघि नै इरान विश्वकपमा छनोट भइसकेको छ ।