कांग्रेसले सभामुखलाई हटाए एमालेले एमसीसीमा सघाउने

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले एमसीसीमा सघाउन तयार रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् ।

सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए । उनले सत्ता महागठबन्धन लोभी पापीहरुको झुण्ड भएको र संसदको काम कारबाहीलाई सुचारु रुपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए ।