प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध प्रतिनिधिसभाका ९८ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोग प्रस्तावमा प्रतिनिधिसभाको हाल कायम रहेको सदस्य संख्या (२७१ जना) को एक चौथाइ भन्दा बढी ९८ जनाको समर्थन भएकाले उक्त प्रस्ताव दर्ता हुनेवित्तिकै प्रधानन्यायाधीश निलम्बनमा परेका छन् ।

संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यो प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतिनिधिसभा नियमावली २०७५ मा उल्लेख गरिएको छ । उक्त नियमावलीको नियम १६१ देखि १६७ सम्म महाअभियोग कारबाहीका प्रक्रियाहरु उल्लेख छ ।

नियमावली महाअभियोगको प्रस्ताव पेश भएपछि संघीय संसदका महासचिव वा सचिवले त्यो प्रस्ताव सभामुखसमक्ष पेश गर्नेछन् । त्यसपछि सभामुखले सात दिनपछिको कुनै बैठकमा छलफल हुने गरी दिन र समय तोक्नेछन् ।

महाअभियोग सिफारिस समितिले कारबाही सुरु गरेको बढीमा तीन महिनाभित्र सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

सात दिनपछिको संसद बैठकमा प्रस्तावकले महाअभियोग प्रस्ताव पेश गरेपछि सभामुखले छलफल हुने समयावधि निर्धारण गर्नेछन् । प्रतिनिधिसभा बैठकमा छलफल सकिएपछि सभामुखले महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउनेछन् ।

प्रतिनिधिसभामा ११ सदस्यीय महाअभियोग सिफारिस समितिको व्यवस्था छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्श लिई महाअभियोग सिफारिस समितिका सदस्य चयन गरी संसद पेश गर्नेछन् ।

महाअभियोगको प्रस्ताव प्राप्त भएपछि सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने भनिएको छ । तर कति दिनभित्र कारबाही सुरु गर्नुपर्ने भन्ने किटान गरिएको छैन ।

सिफारिस समितिले कारबाही सुरु गरेपछि आरोपित पदाधिकारीलाई सात दिनभित्र आरोपको सफाइ पेश गर्ने मौका दिनुपर्नेछ ।

सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्यादभित्र सफाइ पेश नगरेमा सिफारिस समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन संसदमा पेश गर्नेछ ।

महाअभियोग सिफारिस समितिले कारबाही सुरु गरेको बढीमा तीन महिनाभित्र सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

महाअभियोग सिफारिस समितिले गरेको सिफारिससहितको प्रतिवेदन पुनः संसद बैठकमा छलफल हुनेछ ।

छलफलका क्रममा सांसदहरुले प्रतिवेदन संशोधनको माग गर्न वा पुनः छानबिन गर्न माग गरेमा फेरि महाअभियोग सिफारिस समितिमा फिर्ता जानेछ । त्यसपछि सिफारिस समितिले पुनः छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन संसदमा पेश गर्नुपर्नेछ ।

त्यसपछि भने संसदमा महाअभियोग प्रस्तावमाथि निर्णयको प्रक्रिया सुरु हुनेछ । महाअभियोगको प्रस्तावमाथि सभाको निर्णय सदस्यको हस्ताक्षरसहितको मत विभाजनबाट हुनेछ ।

महाअभियोग सिफारिस समितिले महाअभियोग प्रमाणित हुन्छ भन्ने सिफारिस गरेमा र त्यसलाई प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा प्रधानन्यायाधीश जबरा पदमुक्त हुनेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद छन् । महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोगका प्रस्तावकहरुमा माओवादीका देवप्रसाद गुरुङ काँग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृतका जीवनराम श्रेष्ठ छन् । समर्थकका रुपमा हस्ताक्षर गर्ने ९५ सांसदहरुमा डा. मिनेन्द्रप्रसाद रिजाल, जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, सरवत आरा खानम हलवाइनी, बहादुर सिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेकप्रताप शाह, पदम नारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम मेहता, गगनकुमार थापा र भीमसेनदास प्रधान ।

त्यसैगरी देवप्रसाद तिम्सिना, पार्वती डीसी चौधरी, राजेन्द्र कुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाशमान सिंह, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोर सिंह राठौर, शशांक कोइराला, स्मृति नारायण चौधरी, सुजाता कोइराला प्रमोद कुमार यादव लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही, सञ्जयकुमार गौतम र हिरा गुरुङले पनि हस्ताक्षर गरेका छन् ।

त्यसैगरी सांसद अञ्जना बिसंखे, अमनलाल मोदी, अमृता थापा, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगाबहादुर तामाङ, गजेन्द्रबहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चूडामणि खड्का, छक्कबहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दूर्गाबहादुर रावत, धर्मशिला चापागाई, पूर्णकुमारी सुवेदी, मात्रिकाप्रसाद यादव, यशोदा गुरुङ सुवेदी, रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सत्य पहाडी, सन्तकुमार थारु, सुदन किराती, सुरेन्द्रकुमार कार्की, सुरेसकुमार राई, सुरेसचन्द्र दास, हरिबोलप्रसाद गजुरेल, हरिराज अधिकारी, हितबहादुर तामाङले पनि हस्ताक्षर गरेका छन् ।

त्यस्तै सांसदहरु हेमकुमार राई, सरलाकुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कर्ण कायस्थ, हिराचन्द्र केसी, लक्ष्मी कुमारी चौधरी, विनादेवी बूढाथोकी, समिना हुसेन, मुकुन्द न्यौपाने, निरादेवी वैद्यले पनि महाअभियोेग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।