धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छानिए

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष लागि अन्तिम तीन जनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा। गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो ।

योसँगै समितिले उक्त तीन अन्तिम नामावली अध्यक्ष छनौटका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ र मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने छ । सोही मध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ । धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । सोमध्येबाट छनोट समितिले यसअघि प्रारम्भिक चरणमा पाँच जनाएको नाम सर्ट लिस्टमा छनोट गरेको थियो । जसमा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छनोटमा परेका थिए । यी पाँच मध्येबाट समितिले गिरी र कटुवाको नाम कटौती गर्दै अन्तिम तीन नामावली छनोट गरेको हो ।