मन्त्री प्रेम आलेले घटिया र अश्लिल शब्दले गाली गलौज गरेको अडियो/भिडियो बाहिरिएपछि…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजिकका पात्रको रुपमा चिनिएका प्रेम आले बन तथा वातावरण मन्त्री बने । उनी वातावरण मन्त्री भएपछि २०७७ साल चैतमा आयामेजित एक कार्यक्रममा ‘रुखले अक्सिजन लिन्छ र कार्बन्डाइ अक्साइड फ्याँक्छ’ भन्ने अवैज्ञानिक अभिव्यक्ति दिएपछि आलोचनासहित हाँसोको पात्र भएका थिए । तर एक वर्ष नवित्दै एमाले फुट्दा ओलीलाई छोडेर माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा उनको इन्ट्री भएपछि फेरि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भए ।

दोस्रो पटक मन्त्री भएपछि हाँसोको पात्र बनेका प्रेम आलेले बतास समूहले नारायणहिटी संग्राहलयमा सेटिङ गर्दै रेष्टुरेन्ट खोल्ने सम्बन्धमा कडा कदम चालेपछि आम जनताबाट वाहवाही पनि बटुले । यसरी कहिले हाँसोको पात्र त कहिले तालीको पात्र बनेका प्रेम आलेको आज अश्लिल शब्द प्रयोग गर्दै भिडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका छन् । मन्त्री आलेले सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीसँग सामाजिक रुपमा अपाच्य हुने गालीगलौजको शब्द प्रयोग गर्दै भनाभन गरेका छन् ।

जगत ओलीले भर्खरै ११ बजेर ५५ मिनेट जाँदा फेसबुकमा मन्त्री आलेसँग गरेको च्याटबक्स पनि सार्वजनिक गरेका छन् । जगत लेख्छन्, ‘कोहि भ्रम मा नपरौ १ बर्ष पहिला भनेर हिजो राति नै गरियको कल हो मैले यो भिडियो पढायर भोली थाहा हुन्छ भन्दा पछि को १३ सेकेन्ड मा भाइ यसो नगर हामि एउटै ठाउको केहि सहयोग चाहिन्छ भने भन म छु भन्थ्यो मैंले तेरो सहयोग माग्न परे भिक मागेर खान्छु भने अनि बलक गर्यो र मलाइ के कमेन्ट हो पठाउनुस भन्दा पठाउदैन र गालि मात्र दिने अनि बाध्य भएर रेकर्ड गरेको हुँ ।’

यसरी भिडियो सार्वजनिक भएपछि भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा मन्त्र िआलेमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै मन्त्री आलेको सचिवालयले खेद प्रकट गरेको छ । निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरिएको छ । नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।