एपीएफललाई ललितपुर मेयर कपको उपाधि

काठमाडौं । आज सम्पन्न फाईनल खेलमा विभागीय टोली एपीएफले लगातार दोस्रो पटक ललितपुर मेयर वुमन्स कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो । गत संस्करणमा पनि एपीएफले सुदूरपश्चिसलाई नै हराएर उपाधि जितेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य एपीएफले १५.५ ओभर खेल्दै २ विकेट गुमाउँदै भेट्टाएको थियो ।