क्रिकेटका महान खेलाडी शेन वार्नको निधन

काठमाडौं । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्नको शुक्रबार निधन भएको छ । विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए ।

वार्नले १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १९९३ देखी २००५ को बीचमा १९४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९३ विकेट लिएका थिए ।