काठमाडौं उपत्यकामा सबै प्रतिबन्ध हट्यो

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) ले शुक्रबार आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्णरूपमा हटाइएको जानकारी गराएको छ ।

पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नरगराउन आदेशमा भनिएको छ ।