क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाको संलग्नता

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईकाले एक अनलाइन गेमिङ कम्पनीसँग मार्चमा भएको ६१.५ करोड डलरको क्रिप्टोकरेन्सी चोरी मामिलामा उत्तर कोरियाका ह्याकरको हात भएको जानकारी दिएको छ ।

वास्तवमा मार्चमा ‘एक्सी इनफिनिटी’ नामको एक लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलै झट्का लागेको थियो । यो कम्पनी आफ्नो ग्राहकलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी हासिल गर्ने मौका दिन्छ ।

अमेरिकी अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको लाजारस ग्रुपको हात छ । यो समूहका सञ्चालन उत्तर कोरियाको गोप्य ब्यूरोले गर्ने मान्यता राखिन्छ । एजेन्सी