युक्रेनमा भोकमरिका कारण मानिसको मृत्यु, संकट अझै बढ्ने

काठमाडौं । युक्रेन र रुसबीच भएको जारी युद्ध आज (शुक्रबार) ५१ दिन पूरा भएको छ । सोही युद्धका कारण युक्रेनको मारियुपोल शहरमा भोकमरिका कारण मानिसहरूको मृत्यु भएको छ ।
संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशकका अनुसार रुसी सैनीकको घेराउमा परेका युक्रेनको मारियुपोल शहरका मानिसहरूको भोकमरिका कारण मृत्यु भैरहेको छ । रुसले अझै केही साता आक्रमणालाई तीब्र बनाउले हो भने संकट अझै बढ्ने छ ।
डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड ब्यास्लेले १४ अप्रिल (बिहिबार) का दिन युक्रेनको राजधानी किभमा एसोससिएटेड प्रेस (एपी) सँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन् ।