एसियन कप छनोट प्रशिक्षण आजदेखि सुरु, प्रशिक्षक अलमुताइरी हाबी

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणका लासग नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र फिलिपिन्ससँग खेल्नेछ । समूह ए को शीर्ष टोलीले अर्को वर्ष चीनमा हुने एसियन कप खेल्नेछ । दोस्रो हुनेका लागि उत्कृष्ट उपविजेताका रुपमा सम्भावना रहन्छ ।

एन्फाले बन्द प्रशिक्षणमा बोलाएका २५ जना खेलाडीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेका हुन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका अनुसार दुई महिनाको तयारी र तीन÷चारवटा मैत्रीपूर्ण फुटबलको तयारी भएको बताएका छन् ।

प्रतियोगितामा नेपालले ७ जुन (जेठ २५)मा जोर्डन, ११ जुन (जेठ २८)मा कुवेत तथा १४ जुन (जेठ ३१)मा इण्डोनेसियासँग खेल्दैछ । यी तीनै टोलीमाथि नेपालले अहिलेसम्म विजय हासिल गर्न सकेको छैन ।

उता नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिएका छन् । पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न अलमुताइरीले पत्रकारलाई भनेका थिए ।

दुई चरणको पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा शत्रका लागि १० मिनेट समय दिएका थिए। पहिलो शत्रमा सुजल श्रेष्ठ, विमल घर्तिमगर, विशाल राई र मनिष डाँगी उपस्थित भएका थिए।

पहिलो शत्रमा अधिकांश प्रश्नको जवाफ सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए । जवकी १० मिनेट समय बाँकी नै रहेको अवस्था थियो ।