गठबन्धनमा पहिरो जान थालेपछि सत्तारुढ दलहरु अत्तालिए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा तालमेलमा जुटेको सत्ता गठबन्धनभित्र पहिरो जान सुरु गरेको टिप्पणी गरेका छन् । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारूढ दलहरू आफैँ अत्तालिएको अवस्थामा रहेको उनको भनाइ छ ।

नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा सत्तारूढ दलहरू तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहोर्‍याए ।

तालमेलका लागि नेपालगन्जमा जसपाले नमानेको, पर्साका कांग्रेसीहरू आफैँ असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारूढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रम मात्रै हुने बताए । सत्तारूढ दलहरू कमजोर रहेकाले नै अरू दलको सहारा लिन तालमेल गर्न बाध्य हुनुपरेको तर्क उनले समेत गरे ।

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रूपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोहीअनुसारको तयारीमा जुटन पार्टीका नेता(कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै नेकपा ९एमाले० सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले मुलुकको समृद्धिका लागि आउँदो निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुको विकल्प नरहेको जिकिर गरे ।