विश्वकपमा खेलाइने फुटबल सगरमाथामा

काठमाडौं । यसै वर्षको नोभेम्बर–डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको अफिसियल बल अल रिहलालाई सगरमाथा बेस क्याम्प (आधार शिविर) मा पु¥याइएको छ ।

कीर्तिमानी आरोही निर्मल पुर्जाले विश्वकपको आधिकारिक बल सगरमाथाको आधार शिविरसम्म पुगिसकेको र शिखरमा पु¥याउने अभियानमा आफू पनि सहभागी भएको बताए ।
‘विश्वकप २०२२ को आधिकारिक फुटबललाई संसारको सर्वोच्च शिखर सगरमाथाको यात्रामा सहयोग गर्न पाउँदा गर्व लागेको छ’ पुर्जाले सामाजिक सञ्जालमा लेखेका छन् ।

निर्मल पुर्जाको टिममा कतारकी आश्मा अल थानी पनि समावेश छन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो कतारी महिला बन्ने अभियानमा छिन् ।
पुर्जाले सगरमाथा आधार शिविरमा फुटबलको अभ्याससमेत गरेको भन्दै फोटो समेत सार्वजनिक गरेका छन् ।