पेट्रोलमा ४ रुपैयाँ घटाएर भारतले मूल्यसूची पठायो

काठमाडौं । भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

उनले नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा करिब ४ अर्ब ६९ करोड नोक्सान रहेको बताए ।
यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।