पोखरामा सत्ता गठबन्धन टुटेसँगै एकीकृत समाजवादी बाहिरियो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच तालमेल गरेर स्थानीय तहको निर्वाचनमा होमिने अन्तिम तयारी भइरहँदा पोखरा महानगरपालिकामा भने सत्तागठबन्धनकै दलहरूबीच सम्बन्ध टुटेको छ ।
नेपाली कांग्रेस कास्कीले सोमबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत (समाजवादी) ले मेयरमा अडान नछाडेपछि स्थानीय तहको निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित निर्वाचनमा जाने निर्णय गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा एकीकृत (समाजवादी)सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’