नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र सार्वजनिक (घोषणा पत्र सहित)

२०५१ सालको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम सहित पानी र विजुली पनि समावेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

यस्तो छ घोषणापत्र