निरन्तर ओरालो लागेको सेयर बजार आज पनि ओरालै लाग्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११।८२ अंकले घटेर १९२१।३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो ।

कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्ड धेरै कमाउनेमा दरिए ।

यस्तै बजारमा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्ड, जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लगायतका कम्पनी रहे ।