गायिका सुनार मृत्यु प्रकरणबारे अनुसन्धान प्रतिवेदन बुझाइयो

काठमाडौं । काठमाडौंको नेपालटारमा मृत फेला परेकी लोक गायिका दिलमाया सुनार मृत्यु प्रकरणको अनुसन्धान प्रहरीले पुरा गरेको छ । अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवदेन बुझाइएको हो ।

असार ११ मा बिहान उनि आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर थियो । ज्यान सम्बन्धी कसुरमा श्रेष्ठलाई २५ वर्ष कैद सजायको मागदाबी लिएर मुद्दा दर्ता गर्न सिफारिस गरेको छ ।

गायिकाको शव त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् । मृत्युको कारण ‘झुन्डिएर’ भन्ने रिपोर्ट आएको एसपी मैनालीले रातोपाटीलाई बताए ।

गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए । आरोपी श्रेष्ठले बिहान आफू ब्यूँझँदा गायिका झ्यालको भेन्टिलेशनमा पासो लगाएर झुण्डिएको देखेको बयान दिएका छन् । ‘बचाउन’ आफूले डण्डी फुकाउँदा उनको शरीर चिसो भएपछि छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।