पुर्णिमाको रुपै मोहनी सार्वजनिक

चर्चित गायिका पुर्णिमा लामाको स्वरमा रुपै मोहनी गीत सार्वजानिक भएको छ ।

गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भीम बि. सीको संगीत र संगीत संयोजन आमोस तामाङ को रहेको छ । जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन् ।

दिपक एम सिंह को नृत्य निर्देशन मा रहेको उक्त एल्बम्मा महेश खडका र बि। डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युटुब च्यानल बाट सार्वजानिक गरिएको हो । संगीत क्षेत्रकी एक चिर परिचित् गायिका पुर्णिमा लामाले कलिलो उमेरदेखी नै गीत संगीत क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै डेढ दशक देखी निरन्तर गीत संगीत क्षेत्रमा कृयाशिल रहेको छ । चर्चित गायिका पुर्णिमा लामा ले हाल सम्मा झन्डै ४–५०० भन्दा बढी गीत गाई सकेकी छिन् ।

यस्तो छ गीत ।