मलेसियामा कार्यरत नेपालीबाट नेपाल सरकारलाई खुलापत्र

नेपाली नागरिकको खुल्लापत्र । सरकार प्रमुख तथा न्याय तथा कानुनमन्त्री ज्यू लाई ।

सर्वप्रथम सरकार प्रमुखलाई म विनम्र जिज्ञासा ब्यक्त गर्दछु कि, नेपालमा यौन हिंसा (बलात्कार) मानवहत्या, राज्यको भण्डार दोहन गर्ने भ्रष्टचारी प्रति अबको सरकारले कस्तो निती लिँदैछ ?

म विगत एक दशक बढी समयबाट बैदेशिक रोजगारको लागि खाडीमूलुक मलेसियामा कार्यरत छु । म पनि नेपाली नागरिक भएको हुँदा राज्यले लागू गरेको हरेक नियम आश्रित परिवार मार्फत मैले पनि मानि लिएको छु ।

सरकारले नागरिकलाई लागू गरेका कर प्रणालीमा मैले पनि कुनै न कुनै रुपले राजस्व बुझाएको छु । तसर्थ मैले बुझाएको राजस्व राज्यले सही काममा लगानी गरोस भन्ने चाहाना राख्नु पक्कै नाजायज नहोला कि ? मैले मात्रै हैन आम जनताले तिरेको कर बाट अबको दिनमा राज्यले बलत्कारी, मानवहत्यारा र भ्रष्टचारी लाई सरकार को छोरी र ज्वाँई जस्तो ठानेर विभिन्न श्रेणीको खाना, बस्न (क, ख, ग, घ वर्गको सिदा राजनैतिक भ्रष्टचारी नेता, हत्यारा र बलत्कारीलाई गाँसबास को व्यवस्था) दिने प्रचलन खारेज गरियोस सरकार ।

बरु तिनीहरुले गरेको अपराध प्रमाणित भएको खण्डमा मृत्यूदण्ड को सजाय दिने निती नियम (कानून) बनोस ।

मानव हत्या गर्ने हत्यारा, भ्रष्टचारी, बलात्कारी को लागि जेलखाना सुधार गृहको रुपमा देखिएन, यो त सरकारी ससुराली जस्तो मात्रै भान हुन थालेको छ । तसर्थ समय हुदाँ नै राज्यले सोच्नु जरुरी छ ।

भोलिको दिनमा कुनै अपराध मनोवृति भएका ले यस्ता घटना नघटाओस भन्ने सोचका साथ केही सुझावहरु सरकारपक्ष, मानवाधिकारवादी संस्था अनि हाम्रो समाज प्रति राख्न चाहान्छु ।

नेपालमा दैनिक नै आजकल चेलीबेटीहरुलाई बलत्कार गरेको घटनाहरु समाचारमा आउँछ । यस्तो समाचार पढ्नुपर्दा मलाई वाक्क लागेर आउन थाल्यो ।

सरकारमा मन्त्री हैसियत भएका पुरुष मान्य मन्त्री ज्यूहरुले त बोल्नु भएन तर विगत देखि नै नेपाल सरकारमा रहनु भएका मान्य महिला सासंदहरु किन मौन हुनुहुन्छ ? तपाईहरुको एकाघरका दिदीबहिनी, छोरीचेली लाई कसैलाई बलत्कार गरे तपाईहरुको मन कस्तो हुने थियो होला ?

हरेक छोरीचेलीहरु निर्ढुक्क संग हिडडुल गर्ने वातावरण कसरी संम्भव होला ? बलत्कार जन्य घटनामा तपाईहरुको छोरीचेली परेको भए तपाई अभिभावक लाई कस्तो मानसिक तनाव हुने थियो होला ? बलत्कारका प्रतिनिधिपात्र का अभिभावक बनेर सोँचौ । बलात्कार मा पर्ने चेलाबेटीहरु आफ्नै छोरीचेलीको दर्जामा राखेर सोचौँ ।

१. सरकारलाई हामी जनताको माग यो छ कि, कृपा गरेर फितलो कानून खारेज गर्ने दुष्साहस गर्नुहोस र बल्तकारी, हत्यारा र भ्रष्टचारीहरुलाई मृत्यदण्ड दिने कानून बनाउनुहोस ।

२. मानवधिकारवादी संघसंस्थाले के भन्ला भनेर नसोचौँ ? चिन लगायत मुस्लिम देशमा पनि मानवाधिकार वादीहरु छन, उनीहरुले सरकार को नियमसँग चुईक छन ।

३. यस्ता प्रतिक्रियावादी हरुलाई मृत्युदण्ड दिदा मानवाधिकार वादी संस्थाहरुले पनि कुनै रोईलो नगर्नुहोला । बलत्कारमा पर्ने चेलीबेटी को मानवअधिकार लाई गहन रुपले सोचौँ ।

४. बलत्कारको घटनामा परेका चेलीबेटीहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन गरौँ । अर्काको श्रीमति बिहे गर्ने ले बलत्कारको घटनामा परेका चेलीबेटी लाई किन स्वीकार नगर्ने ?

५. बलत्कारी, हत्यारा र भ्रष्टचारी हरुलाई मृत्युदण्ड देउ सरकार ।

६. राज्यले यस्ता बलात्कारीहरु, हत्याराहरु, भ्रष्टचारीहरुलाई जेलमा खाने, बस्ने ब्यवस्था गरेर सरकारको छोरी र ज्वाँई जस्तो भरणपोषण गर्ने नियम अविलम्ब खारेज गर सरकार ।

७. बलत्कारी, हत्यारा र भ्रष्टचारीहरुलाई पालनपोषण गर्ने खर्च देशको अर्थतन्त्र सुदृढ हुने काममा खर्च गर सरकार ।

८. माथि उल्लेखित घटनाहरु प्रमाणित भएपछि मृत्यूदण्ड दिने कानून आयो भने यस्ता काम गर्ने कसैको दुष्साहस हुदैन । आफै न्यूनिकरण हुन्छ । अनि हाम्रा छोरीचेलीहरु निर्ढुक्क संग हिडडुल गर्न सक्छन भन्ने कुरोमा हामी विश्वस्त छौ सरकार ।

एकपटक यस विषयलाई गम्भीर भएर सरकार र सरोकारवाला हरुले समय हुदै सोचिदिनुहोस, विनम्र अनुरोध ।

बुद्धिमान राई ‘मूर्ख’

इलामः ०७, हाल मलेसिया