खानेपानीको पाइप चोरेको आरोपमा वडा सदस्य पक्राउ

कास्की । कास्कीमा पाइप चोरेको आरोपमा प्रहरीले मादी गाउँपालिका-१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित चार जनालाई पक्राउ गरेको छ ।

थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो।

कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले चोरी गरिएको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ बराबर रहेको जानकारी दिए ।