निर्वाचन आयोगद्वारा १४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन आग्रह

काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ ।

आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न पत्र नै पठाइएको छ। अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । स्रोतले भन्यो, ‘ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न सक्नको लागि पत्र पठाइएको हो।’

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ ।