नवौं राष्ट्रिय खेलकुदका लागि ४ हजार ३३५ जनाले भाग लिँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

नवौं खेलकुदका लागि आइतबारसम्म सात प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो खेलाडी दर्ता गराएका हुन् ।

गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गराएसँगै उनीहरुले खेलमा भाग लिने भएका छन् ।

गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, त्रिभुवन आर्मीले ६७३ जना खेलाडी दर्ता गरेको छ ।

एपीएफले ५२२, नेपाल प्रहरीले ४८८, सुदूरपश्चिम प्रदेशले ४३६, बागमती प्रदेशले ४३०, प्रदेश १ ले ३७१, मधेश प्रदेशले २६२, कर्णाली प्रदेशले १९७, एनआरएनएले १३१ र लुम्बिनी प्रदेशले १२३ जना खेलाडी दर्ता गराएको प्राविधिक उपसमितिले जनाएको छ ।

नवौ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदै छ ।