रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न सहमत भएसँगै छिट्टै पार्टी एकता हुने

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग निरन्तर वार्ता र छलफलमा रहेका विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न सहमत भएका छन् ।

आज पार्टी कार्यासम्पादन समितिबाट वरिष्ठ उपाध्यक्ष दिने औपचारिक निर्णय गराएर राप्रपा अध्यक्ष लिङ्देनले मिश्रसँग वार्ता गरेसँगै सो सहमति भएको हो ।

मिश्रले सुरुमा अध्यक्ष लिङ्देनपछिको वरियतामा रहने गरी सहअध्यक्ष बनाउनुपर्ने बताएका थिए । तर पार्टीमा असन्तुष्टि देखिएपछि राप्रपाले राखेको वरिष्ठ उपाध्यक्षको प्रस्तावमा मिश्र सहमत भएका हुन् । सहमतिसँगै दुवै पार्टी अब छिट्टै एकता हुने पनि जनाएको छ ।